१२ श्रावण २०८१, शनिबार

बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरीलाई मेयर बालेनको निर्देशन

प्रकाशित मिति :  31 August, 2023 5:41 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिएका छन् ।

बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पुर्‍याएर काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् । उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गरे । उनले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गरे ।

प्रमुख शाहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुसी भएको बताए ।

उनले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरू हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । काठमाडौँ महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस !