१२ श्रावण २०८१, शनिबार

सबै हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समितिको निर्णय, लकडाउनको निर्णय मन्त्रिपरिषद्ले गर्ने

प्रकाशित मिति :  25 April, 2020 3:17 pm


काठमाण्डौं, १३ वैशाख ।

सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय उडानमाथीको प्रतिबन्ध मे १५ सम्म लम्ब्याउने निर्णय गरेको छ ।

आज बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जारी आन्तरिक तथा बाहिरी उडानमाथीको प्रतिबन्ध मे १५ अर्थात जेठ २ गतेसम्म यथावत राख्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव रामनारायण विडारीले जानकारी दिए ।

लकडाउनको समय भने मन्त्रिपरिषद्ले निर्णय गर्ने छ । अहिलेसम्म लकडाउनका कारण कोरोना संक्रमण फैलन नपाएको भन्दै समितिले लकडाउन सफल भएको निष्कर्ष निकालेको छ ।

सचिव विडारीले भने,‘ लकडाउनबारे मन्त्रीपरिषद्ले नै निर्णय गर्छ यो विषयमा प्रधानमन्त्री ज्यू र मन्त्रीपरिषद् बैठक र सिंगो नेपाल सरकारको निर्णय आउने नै छ ।

समितिले सबै प्रदेशहरुमा कोरोना रोकथामका लागि औषधिजन्य प्रयाप्तमात्रामा रहेको र आवश्यक पर्दा पुराउन सक्ने स्थितिमा समेत रहेको निष्कर्ष निकालेको छ ।



प्रतिक्रिया दिनुहोस !