२५ बैशाख २०८१, मंगलबार

लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाकाे सम्भावना, यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

प्रकाशित मिति :  3 September, 2023 8:13 am


काठमाडाैँ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान विभागले  जनाएकाे छ।

विभागका अनुसार  मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुराेध गरिएकाे छ । 

विभागले प्रकाशन गरेकाे बुलेटिन अनुसार आगामी तीन दिनसम्म देशभर कुनै न कुनै प्रदेशमा भारी वर्षाकाे सम्भावना देखिन्छ ।

साेमवार दिउँसाे कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । साेमवार राती कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

मंगलवार पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !