५ जेष्ठ २०८१, शनिबार

चीनमा ६६ हजार हेक्टर बढी खेतीयोग्य जमिन सिँचाई गर्ने परियोजना सम्पन्न

प्रकाशित मिति :  3 September, 2023 11:16 am


काठमाडौँ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाई निर्माण परियोजना सम्पन्न भएको छ ।

शनिबार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा सुरु भएको थियो । गुइपिङ सहरको पर्ल नदी बेसिनमा यो परियोजना अवस्थित छ । यो परियोजना बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिँचाई प्रदान गर्न देशको एक महत्त्वपूर्ण साबित हुने बताइएको छ ।

८ अर्ब युआन (करिब १ अर्ब १ करोड अमेरिकी डलर)को कुल लगानीमा सिँचाई परियोजना सम्पन्न भएको हो । चीनले अर्थतन्त्रलाई स्थिर गर्ने, गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने काममा जोड दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !