१२ श्रावण २०८१, शनिबार

कोरोना : विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो,पछिल्लो १६ दिनमा मात्रै एक लाखको मृत्यु

प्रकाशित मिति :  26 April, 2020 7:34 am


एजेन्सी, १४ वैशाख ।

कोरोना भाइरसका कारण विश्वभर मर्नेको संख्या २ लाख नाघेको छ ।

नयाँ तथ्याङ्क अनुसार विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख २ हजार ६ सय ६८ पुगेको छ ।

पछिल्लो १६ दिनमा मात्रै एक लाख मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । विश्वका २ सय ११ देश तथा भूभागहरुमा २८ लाख ९३ जना जना संक्रमित बनेका छन् ।

अमेरीकामा संक्रमित र मृतकको संख्या बढ्ने क्रम रोकिएको छैन । अहिलेसम्म अमेरीकामा मात्रै ९ लाख ३६ हजार ६ सय १६ संक्रमित र ५३ हजार ६ सय ९४ जनाको मृत्यु भएको छ ।

यो संख्या यसअघि सबैभन्दा बढी प्रभावित भएको इटली भन्दा दोब्बर हो । इटलीमा अहिलेसम्म २६ हजार ३ सय ८४ जनाको ज्यान गएको छ । त्यसपछि स्पेनमा २२ हजार ९ सय २ जनाको ज्यान गुमेको छ ।

फ्रान्समा २२ हजार ६ सय १४, युकेमा २० हजार ३ सय १९ जनाको ज्यान गएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमित २६ हजार २ सय ८३ र मृतकको संख्या ८ सय २५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !