६ बैशाख २०८२, शनिबार

सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास गरेँः मन्त्री महतो

प्रकाशित मिति :  4 September, 2023 5:35 pm


काठमाडौँ । वन तथा वातावरणमन्त्री डा।वीरेन्द्रप्रसाद महतोले मन्त्री भएको सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास गरेको बताएका छन् ।

सोमवार मन्त्रालयमा वन मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्षभरमा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३७ वटा स्वीकृत गरेकोमा पछिल्लो १०० दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत गरेको दाबी गरे । उनले वन मन्त्रालयमा एक सय दिनमा वन क्षेत्रका धेरै समस्याहरु सहजिकरण गर्न सफल भएको बताए ।

मन्त्री महतोले विभिन्न मन्त्रालयहरूबाट प्रश्ताव भए बमोजिम ५ हाइड्रोपावर र ५ अन्य आयोजनाहरू गरी कुल १० वटा विकास आयोजनाहरूलाई राष्ट्रिय वनको १४३।०९०८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको बताए । उनले प्रयोग गर्न दिएको जग्गामा रहेका विभिन्न प्रजातिका १६,०३० गोटा रुख हटाउने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भइ विकास आयोजना सञ्चालनभा सहजीकरण गरिएको बताए ।

महतोले प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरूसँग उच्च स्तरिय समन्वय बैठक सम्पन्न गरेको बताए । उनले सरकारसँग वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरूले स्वीकृत लिन आग्रह गरे ।

मन्त्री महतोले पछिल्लो एक सय दिनमा उत्साहजनक रूपमा काठ दाउरा उत्पादन भएको भन्दै काठ दाउरा,जडिबुटी बिक्रि तथा पर्यापर्यटनको क्षेत्रबाट २ अर्ब ७९ करोड ७१ हजार रुपैयाँ सरकारलाई राजश्व संकलन भएको बताए ।



प्रतिक्रिया दिनुहोस !