२२ बैशाख २०८१, शनिबार

एमाले लुम्बिनी अधिवेशन :९६५ मत खस्यो, साँझसम्म परिणाम आउने

प्रकाशित मिति :  5 September, 2023 3:12 pm


काठमाडौँ । नेकपा (एमाले)को लुम्बिनी अधिवेशनमा नेतृत्व छान्नका लागि भएको मतदान सकिएको छ । बिहान ८ बजेपछि भएको मतदान दिउँसो पौने ३ बजे सकिएको हो ।

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको हो । अधिवेशनमा एक हजार ४ जना मतदाता रहेका थिए ।

अब मतणना गरेर साँझसम्म परिणाम घोषणा गर्ने निर्वाचन समितिको तयारी छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित २०५ सदस्यीय कमिटी चयन हुनेछ । सचिवबाहेकका पदाधिकारी र सदस्यमा मतदान भएको हो ।

अध्यक्षमा राधकृष्ण कँडेल र हरि रिजाल उमेदवार छन् । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् । त्यस्तै सदस्यतर्फ रुपन्देही, गुल्मी दाङ, बाँकेबाहेकका जिल्लामा सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनीका १२ जिल्लामध्ये चार जिल्लामा सदस्यका लागि पनि चुनाव भएको हो । एमालेले जिल्लाहरूमा क्लस्टरवाइज सदस्य छुट्टयाएको थियो ।

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ , विश्वराज बराल (अनुप), पूजन विश्वकर्मा प्रतिस्पर्धीमा छन् । त्यस्तै, उपसचिव पुरुषतर्फ एक पदका लागि उपेन्द्रलाल कामी, पूर्ण बुढामगर र दुर्गाप्रसाद थारु उमेदवार छन् । उपसचिव महिलातर्फ एक पदका लागि आरती पौडेल, बसन्ती अधिकारी र लीला रानामगरको उमेदवारी छ ।



प्रतिक्रिया दिनुहोस !