नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल
प्रकाशित मिति : 6 September, 2023 10:24 am

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।
लुम्बिनी प्रदेशको पहिलो अधिवेशनबाट कँडेल अध्यक्षमा निर्वाचित भएका हुन् । कँडेलले आफ्ना प्रतिस्प्रधि हरिप्रसाद रिजाललाई २ मतले पराजित गरेका हुन् । निर्वाचन समितिका अनुसार
विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा पराजित गर्दा रिजालले ४७७ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर र महिला तर्फ उपसचिवमा लिला रानामगर विजयी भएका छन् ।