५ जेष्ठ २०८१, शनिबार

कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

प्रकाशित मिति :  6 September, 2023 3:58 pm


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार भृकुटीमण्डप स्थित रिपोर्टस क्लबको कार्यक्रममा सहभागी भएर निस्किदै गर्दा यादवमाथी खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यादवलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ भने खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका(७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए ।

आफुलाई अभियान्ता भनेर चिनाएका सापकोटाले यादवलाई एमसीसीको मतियार भन्दै खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रमा अस्पताल उपचाररत यादवको टाउकोको पछाडी भागमा गहिरो चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !