७ बैशाख २०८१, शुक्रबार

अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएका छन् :बामदेव गौतम

प्रकाशित मिति :  26 April, 2020 1:19 pm


काठमाडौं, १४ वैशाख ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले समय र परिस्थिति प्रतिकूल जारि अध्यादेशहरु खारेज खरिएपछि पनि अनेकौं समस्या पार्टीभित्र उत्पन्न भएको बताएका छन् ।

प्रधानमन्त्री के.पी. ओली शर्मासँग हिजो भएको छलफलबारे हस्त लिखित प्रेस नोट जारी गर्दै उपाध्यक्ष गौतमले यि समस्या समाधान पार्टी र पार्टी कमिटीलाई ‘बाइपास’ गरेर होईन प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्रै गर्न सकिने सुझाव दिएको बताएका छन् ।

उनले भनेका छन्,‘तसर्थ सचिवालय,स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सब भन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।’

उपाध्यक्ष गौतमले प्रधानमन्त्री र आफूबीच भएका कुराकानीका सम्बन्धमा मनौमौंजी किसिमले टिका टिप्पणी भएको भन्दै प्रेस नोट गरेका हुन् ।

उपाध्यक्ष गौतमले भनेका छन्,‘ उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो म विदा भएर आँए । भएको यत्ति हो । सबैलाई यो लिन बिनम्र अनुरोध गर्दछुँ ।’



प्रतिक्रिया दिनुहोस !