५ जेष्ठ २०८१, शनिबार

सर्वोच्चको परमादेशपछि मुख्यमन्त्रीको सपथ लिने तयारीमा हिक्मत कार्की

प्रकाशित मिति :  8 September, 2023 2:42 pm


काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन् ।

सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार आज शपथको तयारी गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कार्कीले आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिने तयारी रहेको छ ।

सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !