बीपी साहित्य महोत्सव आजदेखि सुरु हुँदै
प्रकाशित मिति : 10 September, 2023 9:21 am

काठमाडौँ । आजदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरु हुँदैछ । नेपाली काँग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको ११० औं जन्मजयन्तीका अवसरमा साहित्य महोत्सव गर्न लागेको हो ।
कांग्रेसले आजदेखि भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव गर्न लागेको हो ।
सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा रहेको मूल तयारी समितिले महोत्सवको सबै तयारी पूरा भएको जनाएको छ। समितिका अनुसार महोत्सवमा प्रत्येक दिन चारवटा सेसन रहनेछन् ।