एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन
प्रकाशित मिति : 12 September, 2023 5:59 am

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
सोमबार राति १ बजे बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा लगायतका नेताहरु अहिले शिक्षण अस्पताल पुगेका छन् ।