१२ श्रावण २०८१, शनिबार

यी प्रदेशमा पानी पर्नेछ तीज र पञ्चमीमा

प्रकाशित मिति :  18 September, 2023 8:15 am


काठमाडाैँ । आज तीजकाे दिन लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ। 

मंगलवार पञ्चमीकाे दिन पनि भारी वर्षा पर्ने छैन । विभागका अनुसार मंगलवार दिउँसाे कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलवार राती कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी  भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागकाे बुलेटिनमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !