१७ बैशाख २०८१, सोमबार

नामियाको अध्यक्षमा कृष्ण शर्मा सर्वसम्मत, यस्तो छ बाँकी पदाधिकारी र सदस्यमा उम्मेदवारी

प्रकाशित मिति :  18 September, 2023 2:31 pm


काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को अध्यक्षमा कृष्ण शर्मा सर्वसम्मत अध्यक्ष हुने भएका छन्। आज (सोमबार) १ बजेसम्म उम्मेदवारी दर्ताको समय सिमा भित्र शर्माको मात्र अध्यक्षमा उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्ष हुने भएका हुन।

उपाध्यक्ष र महासचिवमा भने दुई जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा उपध्यक्षमा सुनिता नेमाफुकी र सविन्द्र त्रिपाठी रहेका छन् भने महासचिवमा अर्जुन प्रसाद लुईटेल र झमक प्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सचिवमा गौरव श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा राजेन्द्र जंग रायमाझी, गौतम महर्जन, सन्तोष कुमार श्रेष्ठ, रोशन प्रसाद ढकाल, सकुन्तला कुमारी सुवेदी, पुस्कर गिरी, हरि खरेल, केशव गैरे, गणेश प्रसाद वस्याल र सूर्य गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य उम्मेद्वारीको नामावलीको अन्तिम परिणााम भोली सार्वजनिक हुनेछ भने निर्वाचन असोज ५ गते पोखरामा हुने नामियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !