१२ श्रावण २०८१, शनिबार

रोल्पा आउदै रास्वपा सभापति लामिछाने,स्थानीयको घरमा वासदेखि थबाङलाई बढी समय

प्रकाशित मिति :  19 September, 2023 8:25 am


रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांगठनिक विस्तारका क्रममा रोल्पा आउने भएका छन् ।

आज रोल्पा आइपुग्ने सभापति लामिछानेले रोल्पाका विभिन्न ठाउँमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला संयोजक रमेश थापाले जानकारी दिए ।

सभापति लामिछानेले आज पूर्वी रोल्पाको सुलिचौरमा स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकलाई भेट्ने कार्यक्रम छ ।

सुलिचौरको कार्यक्रम सकाएर उनी सदरमुकाम लिबाङ जाने छन् ।सदरमुकाम लिबाङको कार्यक्रम सकिए पछि उनी सदरमुकाम नजिकैको गाउँमा स्थानीयको घरमा बास बस्ने योजना रहेको छ ।

सदरमुकाम लिबाङको कार्यक्रम समापन पछि उनी पश्चिम रोल्पाको घर्तीगाउँ जानेछन् ।

बुधबार बिहान घर्तिगाउँ हुँदै पश्चिम बागमारा पुग्ने छन् । बागमाराको कार्यक्रम पछि उनी परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर पुग्ने कार्यक्रम छन् ।

पुतलाचौर पछि उनी परिवर्तन गाउँपालिकाकै अर्को मुख्य व्यापारिक केन्द्र कुरेलीको खरिबोट पुग्ने छन् । खरिबोट पछि उनी थबाङ गाउँपालिकाको टुटु बजार पुग्ने छन् । टुटुमा उनले स्थानी पार्र्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन ।

टुटु पछि उनी माओवादी उद्गम स्थलको रुपमा चिनिने थबाङ गाउँपालिकाको ठूलोगाउँ पुग्ने छन । थबाङमा लामिछानेले स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने छन । अन्यत्र भन्दा लामिछानेको थबाङ बसाई तुलनात्मक रुपमा लामो हुने छ ।

थबाङको कार्यक्रम पछि लामिछाने माडी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र घर्तिगाउँ आउने छन । घर्तिगाउँपछि उनी त्रिवेणी गाउँपालिकाको तिला बजारमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्न पुग्ने छन् ।

तिला पछि लामिछाने रुन्टीगढी गाउँपालिकाको केन्द्र समेत रहेको होलेरी बजार जाने छन । होलेरीमा लामिछानेले स्थानीय पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुसँग भेटघाट गर्ने छन् । लामिछानेको रोल्पा बसाई पाँच गतेसम्म रहने छ ।

सभापति लामिछानेका साथमा पार्टीका महामन्त्री डाक्टर मुकुल ढकाल, लुम्बिनी प्रदेशका सभापति देवराज पाठक र महामन्त्री निलराज अधिकारी सहितको टोली रहने छ । रास्वपाले हाल वडा वडामा रास्वपा अभियान सञ्चालन गरी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !