१२ श्रावण २०८१, शनिबार

आर्थिक रुपान्तरण गर्न देश भित्र र बाहिर हुने नेपालीको सहभागिता आवश्यक : अर्थमन्त्री महत

प्रकाशित मिति :  19 September, 2023 5:55 pm


काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महतले मुलुकको आर्थिक रुपान्तरणको लागि देशभित्र र बाहिर हुने नेपालीहरूको सहभागिता आवश्यक रहेको बताएका छन् । मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा।महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा।महतले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नति हुने सकारात्मक माहोल बनाउन आवश्यक रहेको बताए । उनले आर्थिक विकासको सकारात्मक माहोल बनाउनको लागि आर्थिक गतिविधिमा सबै समेल हुनुपर्ने उल्लेख गरे । उनले मुलुकको आर्थिक रुपान्तरणमा सहभागी हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए । उनले सरकार मुलुकमा सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापना गर्न प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री डा।महतले गणेशमान सिंह पार्कको स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने बताए ।



प्रतिक्रिया दिनुहोस !