७ जेष्ठ २०८१, सोमबार

लकडाउन २५ गतेसम्म थप,सिमानाकामा आवतजावत बैशाख ३१ गतेसम्म बन्द

प्रकाशित मिति :  26 April, 2020 8:08 pm


काठमाण्डौं, १४ वैशाख ।

सरकारले लकडाउनलाई २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन बैशाख २५ गतेसम्म लम्बाउने र सिमा नाकामा आवतजावत बैशाख ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

विश्वभर कोरोना संक्रमण फैलिएपछि चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ ।

सरकारले परिस्थिति हेर्दै लकडाउन थप गर्दै आएको छ । हिजो बसेको कोभिड -१९ रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले जेठ २ गते सम्म आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरीसकेको छ ।

समितिको सिफारिस अनुसार सरकराले लकडाउन लम्बाउने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमित व्यक्तिहरु भेटिने क्रम जारी छ । अहिलेसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् । यसअघि घोषित लकडाउन बैशाख १५ गतेसम्म थियो ।



प्रतिक्रिया दिनुहोस !