५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री आज अमेरिकाबाट चीन जाँदै

प्रकाशित मिति :  22 September, 2023 12:29 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै छन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणका लागि चीन जाने भएका हुन् ।

न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !