५ जेष्ठ २०८१, शनिबार

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

प्रकाशित मिति :  25 September, 2023 11:53 am


काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिए ।

यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारलगायतका १३ वटा परियोजनामा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको तिमिल्सिनाले बताए ।

उनका अनुसार त्यस्तै चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।



प्रतिक्रिया दिनुहोस !