५ जेष्ठ २०८१, शनिबार

मन्त्रिपरिषद विस्तार गर्दै कोशी प्रदेशका मुख्यमन्त्री

प्रकाशित मिति :  25 September, 2023 1:45 pm


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सोमबार मुख्यमन्त्री कार्कीले नेकपा एमालेका ४ जनालाई मन्त्रि नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेको स्रोतले जनाएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुने जानकारी दिए ।

स्रोतका अनुसार अनुसार लीलाबल्लव अधिकारी, निरन राई, वुद्धिकुमार राज भण्डारी र रामप्रसाद मेहतालाई मन्त्री बन्दै छन् । यसअघि एमालेबाटै तीलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !