५ जेष्ठ २०८१, शनिबार

ड्रोन उडाएर एमाले अध्यक्ष ओलीले गरे बाग्मती प्रदेश अधिवेशनको उद्घाटन

प्रकाशित मिति :  25 September, 2023 3:11 pm


काठमाडौं । नेकपा एमालेको बाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा सुरु भएको छ ।

सोमबार आज अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा रिमोर्टमार्फत ड्रोन उडाएपछि दिप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशन उदघाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । यो अधिवेशनले बाग्मती प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ ।

उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !