४ कार्तिक २०८३, मंगलबार

असोज १८ गतेदेखि आइपीओ जारी गर्दै माथिल्लो मैलुङ खोला

प्रकाशित मिति :  26 September, 2023 12:28 pm


काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणलाइ आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले दोस्रो चरणमा यहि असोज १८ गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आइपीओ निष्काशन गरेर बाँडफाँडसमेत गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर निष्काशनका लागि अनुमति दिएको थियो ।

जस मध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यस्तै उक्त आइपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडलाई दिएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।



प्रतिक्रिया दिनुहोस !