७ जेष्ठ २०८१, सोमबार

आज यी प्रदेशमा वर्षा हुने

प्रकाशित मिति :  27 September, 2023 6:53 am


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक\दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !