४ जेष्ठ २०८१, शुक्रबार

इराकमा विवाह समारोहमा आगलागी हुँदा ११३ जनाको मृत्यु

प्रकाशित मिति :  27 September, 2023 9:56 am


काठमाडौँ । एजेन्सी, उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा १ सय १३ जना भन्दाबढीको मृत्यु भएको छ भने १५० जनाभन्दा घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार आगलागीमा परी बेहुला\बेहुलीसहित १ सय १३ जनाको मृत्यु भएको हाे।

आगलागीका कारण अझै खुल्न नसकेको तर पटक पड्काउदाँ आगलागी भएको प्रारम्भिक रिपोर्टमा बताइएको छ। निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको बताइएको छ ।

स्थानीय समयानुसार राति करिब १०ः४५ बजे आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्, समारोहमा सयौं मानिस हलमा बिहे उत्सव मनाइरहेका बेला सो आगलागी भएको बताइएको छ ।

इराकी समाचार एजेन्सी नीनाले दुर्घटनाको तस्बिर सेयर गरेको छ जसमा अग्निनियन्त्रकहरू आगो निभाउने क्रममा देखिएका छन्।स्थानीय पत्रकारहरूले पनि कार्यक्रम हलको जलेको अवशेषको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

राकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !