४ कार्तिक २०८३, मंगलबार

बिक्री नभएको हकप्रद सेयर लिलामीमा राख्दै अपि पावर

प्रकाशित मिति :  27 September, 2023 11:30 am


काठमाडौं । अपि पावर कम्पनीले लिमिटेडले बिक्री नभएको हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले यहि असोज १७ गतेदेखि बिक्री नभएको झण्डै १२ लाख कित्ता सेयर लिलामीमा राख्ने भएको हो ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ११ गतेसम्म १ः०.४० को अनुपातमा अर्थात हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन गरेको थियो।
कम्पनीको निर्धारित समयमा बिक्री नभएको सर्वसाधारण समुहतर्फको ११ लाख ९४ हजार ९ सय ३४ कित्ता हकप्रद सेयर लिलाम गर्न लागेको हो ।

कम्पनीले उक्त सेयर लिलाम प्रकियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
लगानीकर्ताले असोज २४ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।

लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, विराटनगर, बिरगंज, बिर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल, घोराही , नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ । सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला सेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।



प्रतिक्रिया दिनुहोस !