१ पुस २०८२, मंगलबार

चीनले आफ्नो नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो

प्रकाशित मिति :  28 September, 2023 11:39 am


काठमाडौँ । चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ।

याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान ४ः१५ बजे प्रक्षेपण गरेको थियो। यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ४८९ औं उडान अभियान हो।



प्रतिक्रिया दिनुहोस !