२५ बैशाख २०८१, मंगलबार

अभिनेता केसी हिरासतमुक्त, आज अदालतमा उपस्थित गराइने

प्रकाशित मिति :  2 October, 2023 6:19 am


काठमाडौँ। अभिनेता अनमोल केसीलाई हिरासतमुक्त भएका छन् । जिल्ला अदालत काठमाडाैँले तीन दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनि हिरासतमुक्त भएका हुन्।

शुक्रवार पक्राउ परेका उनलाई तीन दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएकाेमा आइतवार नै तीन दिन पुगेकाले राती हिरासतमुक्त भएका छन्।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकाे थियाे । आराेपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएकाले हाजिरी जमानीमा छाडिएकाे हाे।

‘रावायण’ फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेको भन्दै निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएको थियो। पक्राउ परे लगत्तै अस्पताल भर्न गरिएकाे विषयसमेत विवादित बनेकाे छ।

केसीलाई साेमवार अदालतमा उपस्थित गराइने भएकाे छ।



प्रतिक्रिया दिनुहोस !