५ जेष्ठ २०८१, शनिबार

देशभर मध्यम वर्षाकाे सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुन सक्ने

प्रकाशित मिति :  2 October, 2023 6:30 am


काठमाडाैँ । साेमवार देशभर हल्कादेखि मध्यम वर्षा हुने भएकाे छ । जल तथा माैसम विज्ञान विभागका अनुसार साेमवार दिउँसाेे कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ। 

विभागका अनुसार साेमवार दिउँसाे बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

साेमवार राती कोशी, मधेश,  बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ।

हल्कादेखि मध्यम वर्षा भनेकाे १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मकाे पानी पर्ने अवस्था हाे । माैसमसँग सम्बन्धित शब्दावली हेर्न यहाँ क्लिक गर्न सक्नु हुनेछ।



प्रतिक्रिया दिनुहोस !