१७ बैशाख २०८१, सोमबार

विद्यार्थीहरू विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री

प्रकाशित मिति :  3 October, 2023 4:53 pm


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।

मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपाल विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए । शिक्षामन्त्री राईले चालु विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको बताए ।

शिक्षामन्त्री राईले चालु विश्वविद्यालयभन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने बताए ।



प्रतिक्रिया दिनुहोस !