२५ बैशाख २०८१, मंगलबार

आज विश्व पशु दिवस मनाइँदै

प्रकाशित मिति :  4 October, 2023 7:42 am


काठमाडौँ । आज विश्व पशु दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ४ मा विश्व पशु दिवस मनाउने गरिन्छ । सन् १९२९ देखि औपचारिक रुपमा यस दिवस मनाउन थालिएको हो ।

हिन्दुधर्ममा पनि विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । हिन्दु परम्परा अनुसार तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ ।

पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ ।



प्रतिक्रिया दिनुहोस !