१७ चैत्र २०८२, मंगलबार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

प्रकाशित मिति :  4 October, 2023 10:13 am


काठमाडौँ । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति निधन भएको हो।

सन् १९३९ को अक्टोबर ६ तारिखमा आमा अतिरुपा खाती र बुबा नन्दलाल खातीको कोखबाट दार्जिलिङमा जन्मिएकी गायिका खातीको गएराति ८४ वर्षको उमेरमा निधन भएको हो।

उनी पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। पाचँ बर्षको उमेरदेखि गीत गाउने उनी नेपाल आएको बेला संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीसँग भेट भएको बेला उनीहरुले नेपाली गीत आउन आग्रह गरेका थिए। त्यसपछि उनी निरन्तर नेपाली गायन क्षेत्रमा लागेकी हुन्।

उनका खोलाको दुइ किनार, बिछोडको पिडा, बाँची राख, अरु केही माग्दिन, सम्झेर बुझेर, छल गर्यौ लगायत गीत चर्चित छन् । खातीले करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस !