२२ बैशाख २०८१, शनिबार

खाद्य पदार्थमा अखाद्य रङ्गकाे प्रयाेग गरे कारवाही हुन्छः खाद्य प्रविधि विभाग

प्रकाशित मिति :  4 October, 2023 10:53 am


काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा गैर खाद्य रङ्ग प्रयाेग नगर्न सचेत गरेकाे छ । विभागले सार्वजनिक सूचना जारी गर्दै खाद्य पदार्थमा आवश्यक परेमा खाद्य रङ्ग मात्र प्रयाेग गर्न आव्हान गरेकाे छ ।

चाडवाडमा  मिठाई लगायतका खाद्य पदार्थमा मिसावट हुने समस्या देखिन सक्ने भएकाले विभागले अग्रिम रूपमा सचेत बनाएकाे हाे। 

“मिठाई लगायतका खाद्य पदार्थ उत्पादन गर्ने खाद्य उत्पादकहरूले स्वीकृत गरीएका खाद्य रंगहरू तोकिएको मात्रा र तोकिएको विधि बमोजिम मात्र प्रयोग गरि खाद्य पदार्थहरू उत्पादन एवं विक्रि वितरण गर्न गराउन हुन सूचित गरिन्छ,” विभागले जारी गरेकाे सूचनामा उल्लेख छ।

स्विकृत खाद्य रंगहरू वाहेक अन्य अखाद्य रंगहरू प्रयोग नगर्नहुन र सो गरेको पाईएमा खाद्य ऐन नियम वमोजिम कारवाही हुने विभागले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !