२२ बैशाख २०८१, शनिबार

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय,लमही दाङका इन्जिनियर रानाभाटमाथि भ्रष्टारको मुद्दा दायर

प्रकाशित मिति :  4 October, 2023 3:33 pm


काठमाडौँ । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाट विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ३ करोड १५ लाख भन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

२०४६ सालदेखि २०७९ सालसम्मको समयमा जागिर खाँदा ३ करोड १५ लाख ८१ हजार छैसठ्ठी रूपैंया असी पैसा बराबरको भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको छ ।

रानाभाटको परिवारले आयभन्दा अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा बिभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको अख्तियारको आरोपत्रमा उल्लेख छ ।

अख्तियारले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत÷असुल उपर गरी पाउन मागदावी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !