६ कार्तिक २०८१, मंगलबार

पूर्वसचिव भिम उपाध्याय २५ हजार रुपैंया धरौटीमा रिहा

प्रकाशित मिति :  27 April, 2020 4:29 pm


काठमाण्डौं, १५ बैशाख ।

पूर्वसचिव भिम उपाध्यायलाई २५ हजार रुपैँया धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

थुनछेकको बहसपछि न्यायाधीश भरतमणि खनालको इजलासले आज उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा पूर्वसचिव उपाध्ययलाई वैशाख १० गते आफ्नै निवासमा प्रहरीले पक्राउ गरेको थियो ।

पूर्वसचिव उपाध्यायविरुद्ध हिजो साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । सचिव उपाध्यले समाजिक सञ्जालमार्फत सरकारको खरो आलोचना गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !