१७ बैशाख २०८१, सोमबार

शिक्षा विधेयक अवधाराणगत हिसाबले गलत बाटोमा : सांसद विद्या भट्टराई

प्रकाशित मिति :  6 October, 2023 2:52 pm


काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले प्रस्तावित विद्यालय शिक्षा विधेयक अवधाराणगत हिसाबले गलत बाटोमा रहेको बताएकी छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्राईले सरोकारवालाहरुसँग छलफल नगरी ल्याइएको यो विधेयक बिभिन्न कोणबाट अस्पष्ट रहेको बताएकी छन् ।

शिक्षा आफैमा कस्तो हुनुपर्ने हो आज लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गर्दा आजको शिक्षा कस्तो हो भन्नेबारेमा स्पष्ट धाराणा यो ऐनले दिनुपर्ने भट्टराईको भनाई छ ।

सांसद भट्टराईले भनिन्, ‘शिक्षाले वर्ग निर्माण गरको छ । वर्ग निर्माण गरेको कुरालाई स्वीकार गरेर वर्ग समन्वय मात्रै होइन सामाजिक एकता कसरी काम गर्ने भन्ने विषयमा विधेयकमा केही पनि बोलेको छैन ।’

संविधानले शिक्षालाई निशुल्क र अनिवार्य भनेको उल्लेख गर्दै उनले यस विषयमा पनि विधेयक मौन रहेको भन्दै उनले प्रश्न उठाएकी छन् ।

भट्टराईले हामीले पटक पटक आन्दोलनमा सम्झौता गछौं तर, सम्झौता गरेका कुराहरु आन्दोलनको राप तापसँगै समाप्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।



प्रतिक्रिया दिनुहोस !