२५ बैशाख २०८१, मंगलबार

इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेल गोल्डेन माइक जित्न सफल

प्रकाशित मिति :  8 October, 2023 10:52 am


काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले इन्डियन आइडल सिजन १४ को अडिसनमा गोल्डेन माइक जितेकी छन् ।

मेनुकाले गीत गाउँदा जज गायिका श्रेया घोसाल भक्कानिएर रोएकी थिइन् । उनले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् ।

कार्यक्रममा उनको प्रस्तुति सकिएपछि तीन जना जज आफ्नो स्थानबाट उठेर ताली बजाएका थिए । भावुक हुँदै विशालले भने, ‘हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ’

त्यस्तै जज श्रेया घोसालले मेनुकाको आवाजमा ईश्वर देखेको बताउँदै इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गीत नगाएको बताइन । त्यस पछि तीनै जना जजहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिएका थिए ।

झापाको हल्दीबारीमा जन्मिएकी मेनुका पौडेल २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !