भेपमार्फत सुन तस्करी प्रकरणमा राहुलसहित ४ जना विरुद्ध मुद्दा दर्ता
प्रकाशित मिति : 11 October, 2023 2:04 pm
काठमाडौं । विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)को रायसहितको प्रतिवेदको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरा सहित ४ जनाविरुद्ध ‘संगठित अपराध अभियोग’मा मुद्दा दायर गरेको हो।
मुद्दामा महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ ।








