५ जेष्ठ २०८१, शनिबार

तोलामा ७०० रुपैयाँ बढ्यो सुन, कतिमा भयो आजको कारोबार

प्रकाशित मिति :  12 October, 2023 11:05 am


काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार बुधबार तोलाको एक लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको ७०० रुपैयाँले बढेर तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज बिहिबार चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर तोलाको १३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !