५ जेष्ठ २०८१, शनिबार

भारतका प्रधानमन्त्री मोदीले नेपाली भूमि भ्रमण गरेकोबारे सदनलाई जानकारी गराउन सांसद थापाको माग

प्रकाशित मिति :  12 October, 2023 3:13 pm


काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमि भ्रमण गरेकोबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद थापाले भारतका प्रधानमन्त्री मोदी सुदूरपश्चिम प्रदेशको क्षेत्र कालापानी, लिपुलेक र लिम्पयाधुरा अन्तर्गत पर्ने नेपाली भूमिमा आएकोबारे सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरेका हुन् ।

उनले भने,“सुदूरपश्चिमको सिमावर्ती क्षेत्र लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्रभित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज भ्रमण गरेको भन्ने सत्य हो कि होइन ? यो संसदले यो सदनले यसबारेमा जानकारी चाहन्छ । सभामुख ज्यूको तर्फबाट म रुलिङको माग गर्दछु ।”

भारतीय मिडियाका अनुसार भारतीय प्रधानमन्त्री मोदी आज नेपालको भूमिभित्र पर्ने गुञ्जी गाउँमा पुगेर स्थानीयहरूसँग छलफल गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले भ्रमण गरेको क्षेत्र भारतले अतिक्रमण गरेको नेपाली भूमि हो ।



प्रतिक्रिया दिनुहोस !