५ जेष्ठ २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति :  13 October, 2023 10:53 am


काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक संसद् भवन बानेश्नरमा दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएको छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !