५ जेष्ठ २०८१, शनिबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  14 October, 2023 7:59 am


काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशखाको जानकारी अनुसार हाल देशभरको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !