५ जेष्ठ २०८१, शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत

प्रकाशित मिति :  18 October, 2023 1:52 pm


काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । आज (बुधबार) बसेको कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन् ।

संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेको बताउँदै उनले विश्वासको मत मागे । ‌सरकार गठनको अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेको बताउँदै उनले राज्यका हरेक निकायमा जनताको पहुँच पुर्याउनका लागि काम गर्ने बताए ।

प्रदेश प्रमुखलाई धन्यवाद दिँदै कार्कीले भने एकजुट भएर लागौँ, सबै एकजुट बनौँ,’ उनले भने, ‘अन्तिम विकल्प धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएको छ, यसमा सहयोग गर्ने सबैलाई धन्यवाद।

मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमाले सहित नेपाली कांग्रेसका सांसदहरु सत्तापक्षमा रहेका छन् भने जनता समाजवादी पार्टी, नेकपा एस, माओवादी र राप्रपाका सांसदहरु विपक्षमा रहेका छन् ।

कोशीमा शेखर पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो ।



प्रतिक्रिया दिनुहोस !