१६ बैशाख २०८१, आइतबार

कोशी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

प्रकाशित मिति :  18 October, 2023 4:58 pm


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले निर्वाचन प्रक्रियामार्फत् एमालेसहित गठबन्धनका चारै दलले विश्वासको मत दिएका छन् ।

कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् ।

प्रदेशसभामा रहेका ९३ सांसद मध्य ९१ जना मतदानमा सहभागी भए। एक जना अनुपस्थित रहेका थिए भने उपसभामुख सिर्जना दनुवारले मत दिन पाइनन्। ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् ।

कोशी प्रदेशमा एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।



प्रतिक्रिया दिनुहोस !