३ जेष्ठ २०८१, बिहिबार

हामीले आफ्ना कमजोरी सुधार्नुपर्ने बेला आएको छ : महामन्त्री गगन थापा

प्रकाशित मिति :  19 October, 2023 12:23 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताएका छन् ।

मंगलबार प्रेस युनियनले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले नेपाली कांग्रेसले अब आफैतिर फर्केर आफ्ना कमिकमजोरी सुधार गर्नुपर्ने बताए ।

उनले भने ‘पार्टी भित्र अनेकौं असन्तुष्टीहरु देखिएका छन् हामीले आफैलाई फर्केर हेनुपर्ने बेला आएको छ, हाम्रा कमजोरी खोज्ने र सुधार गर्नुपर्ने बेला भएको छ,नेतृत्वको पनि कुरा आएका छन् यदि पार्टी राम्रो बनाउन नेतृत्व नै परिर्वतन गर्नपर्ने पनि गरौ तर हामी एक ठाउँ पुग्नै पर्छ ।’

त्यस्तै थापाले आगमी निर्वाचनमा गठबन्धन भए पार्टी एक नरहने बताए ।

उनले भने ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !