३ जेष्ठ २०८१, बिहिबार

दशैंको अवसरमा हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशतसम्म छुट दिँदै सेल्सवेरी

प्रकाशित मिति :  19 October, 2023 1:01 pm


काठमाडौँ । दशैंको अवसर तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सले आकर्षक छुट योजना सार्वजनिक गरेको छ।

आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको हो।

उक्त अफर सेल्सवेरीका काठमाडौँ उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरूमा लागु हुने कम्पनीले जनाएको छ।

घरायसी, खाद्यान्न तथा किचनका सामानहरूमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ।

क्यासब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ। इलेक्ट्रिक र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ।

हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने व्यवस्थसमेत सेल्सवेरीले मिलाएको छ।

त्यसै गरी सेल्सवेरीले काठमाडौँको महाराजगञ्ज नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ।

स्थापनाको ३०औं वार्षिकोत्सवको सन्दर्भ र दशैंको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याएको हो।

अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँ पनको झझल्को दिन सेल्सवेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशील मान प्रधानाङ्गले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !