७ जेष्ठ २०८१, सोमबार

सर्वोच्च अदालतद्धारा आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया शुरु

प्रकाशित मिति :  28 April, 2020 1:19 pm


काठमाडौं, १६ वैशाख ।

सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ शुरु गरेको हो ।

सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठकले आजदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ शुरु गर्ने निर्णय गरेको थियो ।

सामाजिक दूरी कायम गरी सुरक्षाप्रति सावधानी अपनाउनुपर्ने भएकाले रिट निवेदन दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानून व्यवसायी तथा कर्मचारीसमेत आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन अदालत प्रशासनले मिलाउने तयारी गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भइरसको सम्भावित सङ्क्रमणबाट जोगिन सर्वोच्च अदालतको गत चैत ७ गते बसेको पूर्ण बैठकले अतिआवश्यक निवदेन बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

गत चैत १८ गतेको पूर्ण बैठकले केही आंशिक काममा वृद्धि गरेको थियो । आजदेखि भने रिट निवेदन दर्ता र सुनुवाइसमेत शुरु गरेको छ ।

नेपाल बार एशोसिएशनले सोमबार आकस्मिक बैठक बसेर प्रेस विज्ञप्ति जारी गरी कानून व्यवसायी र सेवाग्राहीलाई आवागमनमा कठिनाइ हुने भन्दै सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयको विरोध गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !