३ जेष्ठ २०८१, बिहिबार

आगामी चुनावमा गठबन्धन गरेर जाने अवस्थामा नेपाली कांग्रेस पार्टी एक रहँदैन : महामन्त्री थापा

प्रकाशित मिति :  19 October, 2023 1:16 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ सालको चुनावमा अन्य दलसँग गठबन्धन गरेर जाने अवस्थामा नेपाली कांग्रेस पार्टी एक नरहने चेतावनी दिएका छन् ।

काठमाडौँमा भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले चुनावी गठबन्धनले अहिले समस्या परिरहेको बताउँदै आगामी चुनावमा गठबन्धनको तयारी भए नेपाली कांग्रस टुक्रने चेतावनी दिएका हुन् ।

उनले भने,“२०८४ सालको चुनावमा जाँदा गठबन्धनमा त जाँदैजाँदैनौँ । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भने त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पना नगरे हुन्छ । हेर्नु क्लियर कुरा गरेको छु ।”

उनले अहिले गठबन्धन सरकारप्रति तिब्र असन्तुष्टी पोखे । अहिले राम्रो काम जति प्रधानमन्त्रीले जस लिने र नराम्रो कामको अपसज नेपाली कांग्रेसलाई दिने गरेको टिप्पणी गरे ।

उनले भने,“ अहिले प्रधानमन्त्रीले राम्रो जति मेरो नराम्रो जति कांग्रेसको भन्नुहुन्छ । आर्थिक संकट भयो कांग्रेसको मन्त्री छ केही गर्नै सकेन भन्ने । भ्रष्टाचारकोबारेमा मैले त राम्रो काम गर्न खोजेको थिए तर कांग्रेसले दिएन भनेर मन्त्रीहरूले समाचार लेखाइरहेका छन् । जवाफ कसले दिने यो हल्का कुरा गरेको होइन ।”

उनले चुनावी गठबन्धन भन्दा पनि चुनावपछि जसले धेरै सिट जित्छ केही समय उसैलाई सरकार चलाउन दिनुपर्ने महामन्त्री थापाको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !