३ जेष्ठ २०८१, बिहिबार

एभरेष्ट बैंकले मनायो स्थापनाको २९औँ वार्षिकोत्सव

प्रकाशित मिति :  19 October, 2023 1:29 pm


काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले स्थापनाको २९औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको थियो ।

बैंकका २०० भन्दा बढी कर्मचारीहरूका बिच सम्पन्न उक्त कार्यक्रममा सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेका थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई रु.५ लाख आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशव प्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा। एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सो कार्यक्रममा बैंकका बजार तथा संस्थागतनिक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङकनाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !