३ जेष्ठ २०८१, बिहिबार

राष्ट्रपतिले दशैंमा टीका लगाइदिने, यस्तो छ समयतालिका

प्रकाशित मिति :  19 October, 2023 3:51 pm


काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासले विजयदशमीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगाइदिने टिकाको समयतालिका सार्वजनिक गरेको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा कात्तिक ७ गते अपरान्ह २ बजेदेखि ५ बजेसम्म टिका प्रदान गर्ने समय तालिका सार्वजनिक गरेको हो ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ । त्यस्तै सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !